यी ८ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत झन्डै दुईतिहाई कम्पनीले वार्षिक साधरण सभा सम्पन्न गरिसकेका छन् ।

नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार सूचीकृत डेढ सय बढी कम्पनीले पुस मसान्त भित्रै सभा सम्पन्न गरेका हुन् ।

यस वर्ष लाभांश दिने भन्दा नदिने कम्पनी धेरै भएका छन् । गत वर्षको नाफाबाट लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले पारित गरिसकेका छन् भने केहीले बुकक्लोज गरिसकेका छन् ।

तर, ८ कम्पनीले भने अझै साधरण सभा तथा लाभांश प्रयोजनाका लागि बुकक्लोज गरेका छैनन् । अर्थात् ती कम्पनीको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ ।

लाभांश घोषणा गरे पनि हालसम्म एशियन लाइफ इन्स्योरेन्स, नेशनल लघुवित्त, युनाइटेड इदी मार्दी एणड आरबी हाइड्राेपावर, सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स, सूर्याेदय वाेमी लघुवित्त, स्वराेजगार लघुवित्त, साल्ट ट्रेडिङ र माउन्टेन इनर्जी बुकक्लोज गरेका छैनन् । यीमध्ये युनाइटेड इदी मार्दी र एशियन लाइफले बुकक्लोज मिति घोषणा गरेको छ भने अरु कम्पनीले बुकक्लोज मितिसमेत तोकेका छैनन् । तसर्थ, अझै यी कम्पनीको सेयर किन्दा प्रस्तावित लाभांश पाइन्छ ।

गत आवको नाफाबाट एशियन लाइफले ८.१५७८ प्रतिशत (बोनस ७.७५% र नगद ०.४०७८%), नेशनल लघुवित्तले १५ प्रतिशत (बोनस ७.५% र नगद ७.५%), युनाइटेड इदीले ५.७८९ प्रतिशत (बोनस ५.५% र नगद ०.२८%) लाभांश घोषणा गरेका छन् ।

त्यसैगरी, सिद्धार्थ प्रिमियरले ११ प्रतिशत (नगद), सूर्योदय वोमीले १४.०७७ प्रतिशत (बोनस सेयर), साल्ट ट्रेडिङले १५.७९ प्रतिशत (१५% बोनस र ०.७९% नगद), माउन्टेन इनर्जीले १५.७९ प्रतिशत (१५% बोनस र ०.७८% नगद) र स्वरोजगार लघुवित्तले ७.३६ प्रतिशत (७% बोनस र ०.३६% नगद) लाभांश घोषणा गरेका छन् ।

व्यक्तिगत घर कर्जा लगानीमा आक्रमक बन्दै बैंक, ६ महिनामै दिए ३३ अर्ब ऋण Read Previous

व्यक्तिगत घर कर्जा लगानीमा आक्रमक बन्दै बैंक, ६ महिनामै दिए ३३ अर्ब ऋण

हाथवे इन्भेष्टमेन्ट साढे ५९ लाख घाटामा, संचालन आम्दानी ४८ प्रतिशत घट्यो Read Next

हाथवे इन्भेष्टमेन्ट साढे ५९ लाख घाटामा, संचालन आम्दानी ४८ प्रतिशत घट्यो