घर किन्न नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमै ऋण दिने, ५ वर्षसम्म ब्याज नबढ्ने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले घर निर्माण तथा खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘अब बन्छ मेरो सपनाको घर’ भन्ने नाराका साथ बैंकले सुलभ आवाज कर्जा योजना ल्याएको हो ।

बैंकका अनुसार यस कर्जा योजना अन्तर्गत घर निर्माण तथा खरिदका लागि ग्राहकले मात्र ९.९५ प्रतिशत ब्याजदरमै घर कर्जा पाउनेछन्। घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा उपलब्ध हुने छ ।

यस्तो कर्जाको ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने अर्थात् स्थिर रहने बैंकले जनाएको छ । आवश्यक कागजपत्र पूरा गरी पेस गरेको ५ कार्यदिन भित्र ग्राहकले ऋण पाउने बैंकले जनाएको छ ।

मुग्लिन-पोखरा सडक विस्तारका लागि दमौली बजारका घर भत्काउन आग्रह Read Previous

मुग्लिन-पोखरा सडक विस्तारका लागि दमौली बजारका घर भत्काउन आग्रह

नेप्से सूचक र कारोबार दुवै बढ्यो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्से सूचक र कारोबार दुवै बढ्यो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट