नेप्से सूचक र कारोबार दुवै बढ्यो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन वृद्धि भएको छ । सोमबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साता ४ दिनमा नेप्से ३५ अंकले बढेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३७ करोडले बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

बिहीबार नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा पुगेको छ । यसदिन ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर बिनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड १ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड ८७ लाख रुपैयाँको २ लाख ७३ हजार २०० कित्ता सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

घर किन्न नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमै ऋण दिने, ५ वर्षसम्म ब्याज नबढ्ने Read Previous

घर किन्न नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमै ऋण दिने, ५ वर्षसम्म ब्याज नबढ्ने

बजेट अभावमा सुस्तायो सूर्यविनायक-धुलिखेल सडक विस्तार, मन्त्रालय धाउँदै हैरान  Read Next

बजेट अभावमा सुस्तायो सूर्यविनायक-धुलिखेल सडक विस्तार, मन्त्रालय धाउँदै हैरान