नेप्सेमा लगातार तेस्रो दिन गिरावट, हिमालयन रिको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । गत बुधबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला दुई दिनमा नेप्से ५७ अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा आइपुगेको छ । यस दिन ३०७ कम्पनीको ३ अर्ब २१ करोड रुपैयाँ बढीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर बिनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेकोे छ ।

आज पनि हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ५८ लाख रुपैयाँको ४ लाख ८६ हजार ३२५ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् भने महिला लघुवित्तका सेयरधनीले सर्वाधिक ५.३७ प्रतिशत गुमाएका छन् ।

सर्वोत्तम सिमेन्टको आइपीओ रोक्न माग गर्दै अर्थ मन्त्रालयमा निवेदन Read Previous

सर्वोत्तम सिमेन्टको आइपीओ रोक्न माग गर्दै अर्थ मन्त्रालयमा निवेदन

२१ प्रतिशतले बढ्यो बीमालेख सरेन्डर, नेपाल लाइफको सबैभन्दा धेरै, कुनको कति ? Read Next

२१ प्रतिशतले बढ्यो बीमालेख सरेन्डर, नेपाल लाइफको सबैभन्दा धेरै, कुनको कति ?