सर्वोत्तम सिमेन्टको आइपीओ रोक्न माग गर्दै अर्थ मन्त्रालयमा निवेदन

काठमाडौं । नेपाली सेयर बजार इतिहासमै पहिलोपटक बुक बिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गरेको सर्वोत्तम सिमेन्टको आइपीओ बिक्री रोक्न माग भएको छ ।

उद्योगको खानी क्षेत्र पाल्पा, रिब्दीकोट–२ की स्थानीय सुनिता नेपालले सर्वोत्तमको आइपीओ प्रक्रिया रोक्न माग गर्दै अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकी हुन् । उनले कम्पनीको वित्तीय सूचकका आधारमा क्षमताभन्दा महँगो मूल्यमा आइपीओ जारी गरेको भन्दै रोक्न माग गरेकी हुन् ।

सर्वोत्तमले सार्वजनिक गरेको खुद मुनाफामा नेपाल सरकारले दिएको राजस्व छुटको हिस्सा समेत जोडर देखाइएको भन्दै उनले  पुनः आइपीओको मूल्य निर्धारण गर्नुपर्ने माग गरेकी छिन् ।

‘सर्वोत्तम सिमेन्टको मुनाफामा नेपाल सरकारले दिएको ५० प्रतिशत आयकर छुटको समेत हिस्सा भएकाले सो आयकर छुटको हिस्सा घटाएर मात्रै कुल मुनाफा हिसाब गणना गर्नुपर्ने नेपालको कानुनी व्यवस्था रहेको छ । यसर्थ, सो बमोजिमको सरकारी छुट सुविधाको मुनाफा घटाएरमात्र पुनः मूल्य निर्धारण गरियोस्,’ उनको निवेदनमा उल्लेख छ ।

उनले स्थानीय बासिन्दाले अंकित मूल्य १०० रुपैयाँमै कम्पनीको आइपीओ भर्न पाउनुपर्ने माग गरेकी छिन् । कम्पनीले गत पुस २५ गतेदेखि खानी तथा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका स्थानीयका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले आइपीओ बिक्रीम ल्याएको छ ।

विदेशमा रहेकाको लागि जारी गरेको आइपीओ बाँडफाँट समेत भइसकेको छ भने स्थानीयलाई आवेदन दिने समय माघ २५ गतेसम्म थप गरिएको छ ।

सन् २०२३ मा विश्वभर सुनको माग ह्वात्तै बढ्यो, ४ हजार ८९९ टन खपत Read Previous

सन् २०२३ मा विश्वभर सुनको माग ह्वात्तै बढ्यो, ४ हजार ८९९ टन खपत

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, हिमालयन रिको सर्वाधिक कारोबार Read Next

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, हिमालयन रिको सर्वाधिक कारोबार