सन् २०२३ मा विश्वभर सुनको माग ह्वात्तै बढ्यो, ४ हजार ८९९ टन खपत

बेइजिङ । सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कुल माग गत वर्ष ४ हजार ८९९ टन रहेको छ ।

वल्र्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूको माग १ हजार ३७ टन पुगेको छ, जुन इतिहासकै दोस्रो उच्च हो ।

विश्वव्यापी सुनजन्य सामान विनिमय व्यापार कोष (ईटीएफ)ले सुनको मागमा लगातार वृद्धि भइरहेको अवस्थामा यसको कारोबारमा पनि वृद्धि देखिएको हो ।

सन् २०२३ मा सुनको विनिमयमा २४४ टन बढी रेकर्ड भएको उल्लेख छ । यसको विपरीत, चिनियाँ बजारमा गत वर्ष १० टन सुनको ईटीएफको प्रवाह देखिएको थियो, जसले २०२३ को अन्त्यसम्ममा सुनको ईटीएफको कूल नियन्त्रण ६१.५ टनमा ल्याएको थियो ।

सुनको बार र सिक्काको विश्वव्यापी माग वार्षिक रूपमा ३ प्रतिशतले घटेको छ भने गहनाको खपतको माग २ हजार ९३ टन पुगेको छ । चीनको आर्थिक सुधारले विश्व बजारमा सुनका गहनाको माग बढाएको छ ।

‘चीनको आर्थिक सुधारले सुनका गहनाहरूको मागलाई बढावा दिएको छ, र देश विश्वव्यापी सुनका गहना बजारको लागि एक महत्वपूर्ण आकर्षण बनेको छ,’ रिपोर्टमा भनिएको छ ।

गत वर्ष विश्वमा सुनको आपूर्ति तीन प्रतिशतले बढेको थियो । सन् २०२३ मा सुनखानीको उत्पादन एक प्रतिशतले वृद्धि भई तीन हजार ६४४ टन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइँदै Read Previous

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइँदै

सर्वोत्तम सिमेन्टको आइपीओ रोक्न माग गर्दै अर्थ मन्त्रालयमा निवेदन Read Next

सर्वोत्तम सिमेन्टको आइपीओ रोक्न माग गर्दै अर्थ मन्त्रालयमा निवेदन