युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (माघ २२ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट १०.२६१२ प्रतिशत बोनस सेयर र करसहित ०.५४०१ प्रतिशत नगद गरी कुल १०.८०१ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले उक्त लाभांश पारित गर्न फागुन ६ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा अनमोल ब्यांकेट, शंखमूल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

काठमाडौंका सबै पेट्रोल पम्पमा पहेँलो रङ लगाइने Read Previous

काठमाडौंका सबै पेट्रोल पम्पमा पहेँलो रङ लगाइने

तेह्रथुम पावरको नाफा झन्डै १० गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

तेह्रथुम पावरको नाफा झन्डै १० गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?