तेह्रथुम पावरको नाफा झन्डै १० गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । तेह्रथुम पावरको खुद नाफामा उछाल आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८७६.१३ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म ६४ लाख ६२ हजार रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५८ लाख रुपैयाँ धेरै हो । कम्पनीले गत वर्षको दोस्रो त्रैमासमा ६ लाख ६२ हजार खुद नाफा कमाएको थियो ।

विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट ९ करोड १ लाख रुपैयाँमा आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८.८५ प्रतिशत धेरै हो । गत वर्ष पुससम्म कम्पनीले विद्युत् बिक्रीबाट ८ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सामीक्षा अवधिमा कम्पनीको वित्तीय लागत १.५४ प्रतिशतले बढेर ५ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

हाल ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १३ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । गत वर्ष ०.३३ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा बढेर ३.२३ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ६२.२५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६८.९ गुणा छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

पूर्वी नाकाबाट साढे ३ अर्बको कृषिजन्य वस्तु निर्यात Read Next

पूर्वी नाकाबाट साढे ३ अर्बको कृषिजन्य वस्तु निर्यात