काठमाडौंका सबै पेट्रोल पम्पमा पहेँलो रङ लगाइने

काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पमा पहिचान तथा एकरुपताका लागि पहेँलो रङ लगाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाको सम्मन्वयमा पेट्रोलपम्प सञ्चालक, सरोकारवाला सङ्घसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौँ महानगर क्षेत्रमा ४९ वटा पम्प रहेका छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमूनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाइने छ । त्यसपछि अन्य पम्पमा रङ लगाइँदै जाने महानगरको तयारी छ ।

बैठकले पेट्रोलपम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलव्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा इन्धन भर्ने व्यक्तिले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउने र पम्प परिसरलाई हरियाली बनाउने निर्णय गरेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए।

पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौँ महानगरले आधारभूत अग्निनियन्त्रण तालिम दिने निर्णय भएको छ ।

तल्लो सेती जलविद्युत्को ईआइए बुझाइयो, वार्षिक ५२ करोड युनिट बिजुली उत्पादन गरिने Read Previous

तल्लो सेती जलविद्युत्को ईआइए बुझाइयो, वार्षिक ५२ करोड युनिट बिजुली उत्पादन गरिने

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन