यती एयरलाइन्सले एकैपटक ल्यायो दुई ‘एटीआर-७२’ जहाज

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटीआर-७२-५००’ विमान भित्र्याएको छ ।

दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर-७२ विमान सात पुगेको छ । थपिएका दुई जहाजको क्रमशः ‘९ एन-एओएफ’ र ‘९एन-एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।

युनिक नेपाल लघुवित्तको खुद नाफा दोब्बरले बढ्यो, खराब कर्जा भने १० प्रतिशत पुग्यो Read Previous

युनिक नेपाल लघुवित्तको खुद नाफा दोब्बरले बढ्यो, खराब कर्जा भने १० प्रतिशत पुग्यो

मुग्लिन-पोखरा सडक : पूर्वीखण्डको झन्डै आधा काम सकियो, २० किमी कालोपत्र Read Next

मुग्लिन-पोखरा सडक : पूर्वीखण्डको झन्डै आधा काम सकियो, २० किमी कालोपत्र