काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषले लिलामीको सेयर आज बाँडफाँट गरेको हो ।
कोषका अनुसार न्यूनतम मूल्य प्रतिकित्ता १४७ रुपैयाँ राखेर आवेदन हाल्नेले सेयर पाएका छन् । यसअघि कटअफ प्राइस १४६ रुपैयाँ तोकिए पनि अन्तिम तथ्यांक आउँदा सो मूल्य १ रुपैयाँ बढेर १४७ रुपैयाँ पुगेको कोषले जनाएको छ ।
लिलामीमा आवेदन दिएर सेयर नपाएकाहरुको रकम माघ २२ गतेदेखि फिर्ता गरिने कोषले जानकारी दिएको छ । तामाकोशीको लिलामी सेयरमा ३० हजारभन्दा बढीले आवेदन दिएका थिए । जसबापत ७ अर्ब रुपैयाँ बढी जम्मा भएको थियो ।
अपर तामाकोशीले गत भदौ १८ देखि असोज २२ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितररित १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि २९ गतेसम्म लिलामीमा ल्याएको थियो ।