त्रिभुवन विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी, लोडर पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरीको आरोमा एक जना पक्राउ परेका छन् ।

नेपाल वायुसेवा निगमको जहाजमार्फत बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट पैसा चोरी गरेको आरोपमा निगमका लोडर पक्राउ परेका छन् ।

पक्राउन पर्नेमा दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार रहेका छन् । उनले  सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेका थिए ।

याङ्गहाङले आफ्नो पैसा चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि विमानस्थलको सीसीटीभी फुटेज हेर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले उक्त थाई भाट चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा उनको शरीर तथा लकरमा विभिन्न दरका थाई भाट १९ हजार ४०० समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

अपर तामाकोशीको लिलामी सेयर नपाउनेको पैसा कहिले हुन्छ फिर्ता ? Read Previous

अपर तामाकोशीको लिलामी सेयर नपाउनेको पैसा कहिले हुन्छ फिर्ता ?

तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा संचालन गरिने, निगमको व्यवस्थापन करारमा Read Next

तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा संचालन गरिने, निगमको व्यवस्थापन करारमा