तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा संचालन गरिने, निगमको व्यवस्थापन करारमा

काठमाडौं । सरकारले तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोलडमा संचालन गर्न दिने भएको छ ।

काठमाडौंको त्रिभुवन, भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन र निजगढमा पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने शर्तहित पीपीपी मोडेलमा संचलान गर्न दिने बारे अध्ययन समिति गठन गरेको हो ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

विमानस्थल बारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो । समिति सदस्यमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानीबोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेका छन् ।

हाल त्रिभुवन विमानस्थल पूर्ण क्षमतामा संचालनमा आए पनि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्ण रुपमा संचालन हुन सकेको छैन । ३४ अर्ब वैदेशिक ऋण लिएर बनाइएका पोखरा र भैरहवा विमानस्थलबाट उडान हुन नसक्दा सरकारले करोडौं नोक्सानी व्यहोर्दै आएको छ ।

त्यस्तै, सरकारले नेपाल वायुसेवा निगम करार व्यवस्थापनका लागि पूर्व योजना आयोगको उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिमा व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने छन् । समितिलाई ४५ दिनको समय अवधि दिइएको छ ।

यससंगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ ब्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शत्तीखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने सम्भावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी, लोडर पक्राउ Read Previous

त्रिभुवन विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी, लोडर पक्राउ

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर नियुक्त Read Next

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर नियुक्त