बैंकमा पैसा थुप्रिएपछि आज पनि २० अर्ब तान्दै राष्ट्र बैंक, ३ दिनमै ७० अर्ब खिच्यो

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकलाई दिनदिनै पैसा खिच्नुपर्ने बाध्यता आइलागेको छ ।

यससाता मंगलबारदेखि दैनिक प्रणालीबाट पैसा खिच्दै आएको राष्ट्र बैंकले आज पनि २० अर्ब खिच्ने भएको हो । यसअघिका दुई दिनमा ५० अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले आज निक्षेप बोलकलोलमार्फत थप २० अर्ब खिच्न लागेको हो ।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकममा साँवा र ब्याज भुक्तानी फागुन ३ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

विगत लामो समयदेखि कर्जाको माग नबढ्दा र एकोहोरो निक्षेप थपिरहँदा प्रणालीमा अधिक तरलता कायम भएको हो । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतमा झरेको छ ।

 

थुलुङ दूधकोशी गाउँपालिकाले तोक्यो कफीको समर्थन मूल्य, दियो सरकारकोभन्दा १०० रुपैयाँ धेरै Read Previous

थुलुङ दूधकोशी गाउँपालिकाले तोक्यो कफीको समर्थन मूल्य, दियो सरकारकोभन्दा १०० रुपैयाँ धेरै

अपर तामाकोशीको लिलामी सेयर नपाउनेको पैसा कहिले हुन्छ फिर्ता ? Read Next

अपर तामाकोशीको लिलामी सेयर नपाउनेको पैसा कहिले हुन्छ फिर्ता ?