पुलचोक-थापाथली फ्लाइओभरको डीपीआर अन्तिम चरणमा

सांकेतिक तस्बीर

काठमाडौं । पुलचोकदेखि थापाथलीसम्म निर्माण हुने फ्लाइओभरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ ।

 

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले फ्लाइओभरको डीपीआरको फाइनल ड्राफ्ट केही दिनमै तयार हुने जानकारी दिए । उनले प्रारम्भिक अध्ययन पूरा भई अब डीपीआरको अन्तिम ड्राफ्टको तयारी भइरहेको बताए ।

 

‘अध्ययनको पहिलोचरण पूरा भइसकेको छ, अब फाइनल ड्राफ्ट आउन बाँकी छ, त्यो पनि केही दिनमै आउँछ,’ महर्जनले चाणक्य पोष्टसँग भने ।

 

उक्त फ्लाइओभर सरकारले निमार्ण गर्न लागेको त्रिपुरेश्वर–थापाथली फ्लाइओभरसँग जोड्ने योजना रहेको छ ।सो योजना अनुसार पुलचोक–थापाथली र त्रिपुरेश्वर–थापाथलीमा बन्ने फ्लाई ओभर एकआपसमा जोडिने भएकाले त्यसलाई एकसाथ समन्वयन गरेर निर्माण गर्नुपर्ने हुन्छ ।

 

पुलचोकदेखि थापाथलीसम्म १.४ किलोमिटर लामो फलाइओभर निर्माण गर्न लागिएको हो ।उक्त फ्लाइओभर निर्माणका लागि करिब ५ अर्ब खर्च लाग्ने अनुमान गरिएको मर्हजनले जानकारी दिए ।फ्लाइओभर निर्माणका क्रममा थापाथली क्यामपसको जग्गा पनि निर्माण क्षेत्रमा पर्ने देखिएको छ ।

 

उक्त फ्लाइओभर सरकारले निमार्ण गर्न लागेको त्रिपुरेश्वर–थापाथली फ्लाइओभरसँग जोड्ने योजना रहेको छ ।सो योजना अनुसार पुलचोक–थापाथली र त्रिपुरेश्वर–थापाथलीमा बन्ने फ्लाई ओभर एकआपसमा जोडिने भएकाले त्यसलाई एकसाथ समन्वयन गरेर निर्माण गर्नुपर्ने हुन्छ ।

 

खरिद ऐनकै कारण लामो समयदेखि फ्लाई ओभरको कामले गति लिन सकेको थिएन । हाल डीपीआरको काम ग्रिड कन्सलटेन्टले गर्दै छ । डीपीआरको काम सुरु भएको ८ महिनाको हाराहारीमा पुगिसकेको छ ।

 

उक्त कन्सलटेन्टका कर्मचारी पदम शाहीका अनुसार अध्ययनका क्रममा पुलचोकदेखि थापाथली मात्र नभई रिङरोडका जक्सन क्षेत्रमा समेत फ्लाई ओभरको आवश्यकता देखिएको छ ।

 

उनले रिङ रोडको ग्वार्को, सातदोबाटोलगायतका जक्सन भएका क्षेत्रमा फ्लाइओभरको आवश्यकता देखिएको बताए ।‘अहिले भइरहेको अध्ययनले थापाथलीमा मात्र नभई रिङरोडका जक्सन एरियामा समेत फ्लाई ओभर बनाउनुपर्ने देखिएको छ, अब अरु फाइनल ड्राफ्ट पछि सबै थाहा हुन्छ,’ शाहीले भने ।

 

फ्लाइओभरको डिजाइन पहिलै निर्माण भइसकेको छ । उक्त डिजाइन फाइनल भएको महानगरले जनाएको छ ।सो फ्लाइओभरको डिजाइन नेपाली इन्जिनीयरबाटै भएको हो । नेपाली इन्जिनीयहरुबाटै डिजाइन बनेको हुँदा अनुभवी इन्जिनियरलाई डिजाइन देखाउन जाइकासँग समन्वय गरिएको छ ।

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत Read Previous

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत

माघभित्र सडकका सबै खाल्डाखुल्डी पुरिने, सवा १ अर्ब बजेट विनियोजन Read Next

माघभित्र सडकका सबै खाल्डाखुल्डी पुरिने, सवा १ अर्ब बजेट विनियोजन