बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत

काठमाडौं । नेपाल बैंकर्स संघले साधारण सभा अघि नै नेतृत्व चुनेको छ । संघको मंसीर १९ गते हुने साधारण सभाबाट कार्यसमित चयन गर्ने कार्यक्रम रहे पनि सो अगावै अध्यक्षसहित कार्यसमिति  चुनेको हो ।

 

अध्यक्षमा सानिमा बैंकका कार्यकारी अधिकृत भुवन दाहाल दाहाल सर्वसम्मत चयन भएका हुन् । उनी यस अघि दुई कार्यकालसम्म संघको कार्य समितिमा सदस्य थिए ।

 

उपाध्यक्षमा अनुकुल भटनागर नै चयन भएका छन्। उनी एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।

 

संघको सदस्यमा चार नयाँ अनुहार आएका छन् । संघको सदस्यमा सनराइज बैंकका सीईओ जनकशर्मा पौड्याल, एनएमबी बैंकका सीईओ सुनिल केसी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी चयन भएका छन्।

 

यस्तै, संघको सदस्यमा गोविन्द गुरूङ, रमेशराज अर्याल र सुमन शर्मा कायम नै रहेका छन् ।

जनवरी अन्तिमदेखि ग्वाङ्जाओ उडान गर्ने निगमको तयारी Read Previous

जनवरी अन्तिमदेखि ग्वाङ्जाओ उडान गर्ने निगमको तयारी

पुलचोक-थापाथली फ्लाइओभरको डीपीआर अन्तिम चरणमा Read Next

पुलचोक-थापाथली फ्लाइओभरको डीपीआर अन्तिम चरणमा