नेप्से फेरि २१०० विन्दु तल झर्‍यो

काठमाडौं । सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । आइतबारदेखि लगातार ३ दिनमा ३५ अंकले बढेको नेप्से आज एकैदिन २१ अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २५ करोड रुपैयाँले घटेर ५ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा आइपुगेको छ । यस दिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर बिनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक बाहेक अरु सबैको परिसूचक घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले घटेकोे छ ।

आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ६३ करोड ८७ लाख रुपैयाँको ८ लाख ८९ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज सामलिङ पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

पुनर्बीमा कम्पनीले १ वर्षभित्र चुक्ता पूँजी २० अर्ब पुर्याउनुपर्ने, कुनले कति थप्नुपर्छ ? Read Previous

पुनर्बीमा कम्पनीले १ वर्षभित्र चुक्ता पूँजी २० अर्ब पुर्याउनुपर्ने, कुनले कति थप्नुपर्छ ?

प्रहरीले पायो इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ वटा 'आरएफआइडी' यन्त्र Read Next

प्रहरीले पायो इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ वटा 'आरएफआइडी' यन्त्र