प्रहरीले पायो इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ वटा ‘आरएफआइडी’ यन्त्र

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआइडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो यन्त्र नेपाल प्रहरी मुख्यालयअन्तर्गत कार्यविभाजनका प्रहरी नायब महानिरीक्षक भरत बोहोरालाई हस्तान्तरण गरे ।

हाललाई ५ थान हस्तान्तरण गरिएको यो यन्त्र छिट्टै १०० थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ । योसँगै अब मन्त्रालयको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकामा इम्बोस्ड प्लेट रिड गर्ने गेटको निर्माण गरिरहेको विभागले जनाएको छ ।

कार्यक्रममा मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नं. प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले यो प्रणाली महत्वपूर्ण हुने बताए । सो अवसरमा यसको ‘डेमो’समेत गरेर देखाइएको थियो ।

नेप्से फेरि २१०० विन्दु तल झर्‍यो Read Previous

नेप्से फेरि २१०० विन्दु तल झर्‍यो

माघ १८ देखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै Read Next

माघ १८ देखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै