काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न कोही पनि व्यक्ति इच्छुक नदेखिएको पाइएको छ ।
साझाले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तका लागि गत मंसिर २५ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । तर, अन्तिम मितिसम्म एउटा पनि आवेदन नपरेपछि संस्थाले बुधबार पुनः आवेदन माग गरेको हो ।
इच्छुक व्यक्तिले आजको ३५ दिनभित्र आवेदन दिन भित्र साझा यातायातको प्रधान कार्यालय पुलचोकमा आवेदन दिन सक्नेछन् ।
आवेदकको न्यूनतम योग्यता कम्तीमा स्नाकोत्तर वा सो सरह उत्तीर्ण गरेको, दरखास्त दिने अन्तिम मितिमा ३५ वर्ष पुगी ५८ वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै, सार्वजनिक वा संगठित संघसंस्थामा दशौं तह वा सो सरहको काम गरेको, सार्वजनिक वा यातायात व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ ।