काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्रीमा ल्याएको आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बुधबार बिहान आइपीओ बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार गोलप्रथाबाट ५ हजार ३४० आवेदकले ५० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेकाले आवेदकले न्यूनतम ५० कित्ता सेयर पाएका हुन् । आइपीओको नतिजा https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
कम्पनीले पुस २५ गतेदेखि माघ १० गतेसम्म विदेशमा रहेका नेपालीका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २ लाख ६७ हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
जसमा कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।