नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्ज एनएक्सटी’को थालनी  गरेको छ ।

एफ वान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।

ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता,  गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरू प्रदान गर्नेछ ।

ग्राहकहरूको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको  डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा ओरेन्ज एनएक्सटी कोशेढुङा सावित हुन सक्छ ।

परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, ओरेन्ज एनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ ।

फोन एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्ज एनएक्सटी ले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरूको अपेक्षाहरू पूरा गर्ने उनको विश्वास रहेको छ ।

 

नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिकलाई १८ लाखको चेकिङ बोर्ड Read Previous

नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिकलाई १८ लाखको चेकिङ बोर्ड

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस सडकमै भासिएपछि... Read Next

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस सडकमै भासिएपछि...