काठमाडौं । काठमाडौं नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमै भासिएको छ ।
शुक्रबार मध्याह्न कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुड्दागुड्दै सडकमै भासिएको हो ।
उक्त बसको पछाडिको बायाँपट्टटीको चक्का सडकमा भासिएको हो । बस सडकमै कोल्टिए पनि सवार सबै यात्रु सकुसल रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
उक्त स्थानको सडक भासिनुको कारण नखुले पनि कमसल निर्माण वा सडकको तल ढलको खाल्डो भएकाले भासिएको हुनसक्ने आँकलन गरिएको छ ।
भासिएको बस निकाल्ने तयारी भइरहेको छ ।
