सिटिजन लाइफको नाफामा सुधार, सेयर प्रिमियममा डेढ अर्ब बढी संचित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफामा झिनो सुधार आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा २.७२ प्रतिशतले बढेको हो ।

सिटिजनले चालु वर्षको पुस मसान्तसम्म १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा ३३ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा १२ करोड ३ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन ४.२३ प्रतिशतले बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीले बीमालेख धितोबाट ४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य ऋण तथा लगानीबाट ७४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा १ अर्ब ५५ करोड रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ९५ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.१३ रुपैयाँ छ ।

सरकारी अनुदानको मल बाटोबाटै गायब ! Read Previous

सरकारी अनुदानको मल बाटोबाटै गायब !

घरजग्गा कारोबारमा ९९.९७% अनौपचारिक अर्थतन्त्र, बैंकिङ क्षेत्रमा नगन्य Read Next

घरजग्गा कारोबारमा ९९.९७% अनौपचारिक अर्थतन्त्र, बैंकिङ क्षेत्रमा नगन्य