विदेशबाट फर्केका युवालाई नबिल बैंकले १० करोडसम्म ऋण दिने, १० वर्षलाई पाइने

काठमाडौं । नबिल बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना ल्याएको छ । बैंकले प्रवासबाट फर्किएका नेपालीका लागि लक्षित गरी यो कर्जा कार्यक्रम ल्याएको हो ।

विदेशबाट सीप दक्षता र पूँजी लिएर फर्किएका व्यक्ति तथा उनीहरुको परिवारलक्षित कर्जा योजना ल्याइएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए ।

आयमूलक व्यवसाय र उद्यम सुरु वा विस्तार गर्न यो कर्जा कार्यक्रमले सघाउने विश्वास उनले व्यक्त गरे ।

सस्तो ब्याजदर, न्यून सेवा शुल्क तथा परियोजनालाई नै धितो राखेर कर्जा पाइने बैंकले जनाएको छ । बैंकका अनुसार यो कर्जा योजनाअन्तर्गत आधार दरमा १.५ प्रतिशतमा कर्जा उपलब्ध गराइने छ ।

अधिकतम रु १० करोडसम्मको कर्जासीमा तोकिएको यो योजनामा विभिन्न चारवटा श्रेणीमा कर्जा रकम विभाजन गरिएको छ ।

यो कर्जा कार्यक्रमअन्तर्गत रु १५ लाखसम्मको कर्जा, रु १५ लाखदेखि एक करोडसम्म, रु १करोडदेखि रु ५ करोड र रु ५ करोडदेखि रु १० करोडसम्मको कर्जा रकम तोकिएको छ ।

यस्तो प्रकारको कर्जाको अवधि १० वर्षको रहने पनि बैंकले जनाएको छ ।

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा २८ सुरुङ खनियो Read Previous

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा २८ सुरुङ खनियो

आन्तरिक रोजगार दशक घोषणा गर्ने सरकारको तयारी Read Next

आन्तरिक रोजगार दशक घोषणा गर्ने सरकारको तयारी