काठमाडौं । सनराइज बैंकले सुनसरी स्थित खनारमा आफ्नो १२६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकको नयाँ शाखा कार्यालय इटहरी उपमहानगरपालिकाका मेयर द्घारिका लाल चौधरी र बैंकको सञ्चालक शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा उद्घाटन गरे।
बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ उक्त शाखा कार्यलय सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकले हाल देशभरका १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।