सेयर बजारमा सुधार, १०६ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा सुधार देखिएको छ । यो साता आइतबारदेखि स्थिर रहेको बजारमा आज सामान्य सुधार देखिएको हो ।आज सूचकसँगै कारोबार रकममा पनि सामान्य बढोत्तरी आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ३.७५ अंकले बढेर १११५.७४ विन्दुमा पुगेको छ । आज १७२ कम्पनीको २६ करोड ६८ लाख १ हजार ५५८ रुपैयाँ बराबरको कारोबार भएको छ । १० लाख १० हजार ९९१ कित्ता सेयर किन बेच भएका छन् ।

 

आज कारोबार भएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । कारोबार भएका कूल १७२ कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढेका छन् । ३७ कम्पनीको सेयर मूल्य घटेका छन् भने २९ वटाको स्थिर रहेको छ ।

 

कारोबार भएका १२ वटा समूहमध्येमा ८ वटा समूहको सूचक उकालो लागेका छन् भने ४ वटा समूहको ओरालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६३.९२ अंकले बढेको छ भने व्यापार समूहको सूचक सबैभन्दा धेरै १७.९५ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा हिमालयन सिद्धार्थ बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ६० लाख ९५ हजार ५५० रुपैयाँको कारोबार भएको छ ।

 

आज घोडाघोडी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ५.४१ प्रतिशतले घटेको छ ।

दश वर्षमा ७ हजार २२६ किमि सडक विस्तार गर्ने सरकारको योजना Read Previous

दश वर्षमा ७ हजार २२६ किमि सडक विस्तार गर्ने सरकारको योजना

सनराइज बैंकको नयाँ शाखा सुनसरीको खनारमा Read Next

सनराइज बैंकको नयाँ शाखा सुनसरीको खनारमा