आइएमई पे एपमा १ रुपैयाँको खेल, अल्टिमाको नयाँ प्रडक्टमा भुक्तानी गर्दा छुट पाइने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रू. १ को खेल सार्वजनिक गरेको छ ।

यसअघि पनि आफ्नो एप भित्र विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले माघदेखि नयाँ खेल राखेको हो ।

यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आवद्ध भइ रू. १ खेल सुरु गरेको छ । साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट अल्टिमा बुम १६१ क्यू मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ ।

प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ गतेदेखि माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यू खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु. १५० सम्म) पाउने छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

लक्ष्मी सनराइज बैंकद्वारा ‘ई-कमर्स अक्वायरिङ’ सेवा सुरू Read Previous

लक्ष्मी सनराइज बैंकद्वारा ‘ई-कमर्स अक्वायरिङ’ सेवा सुरू

बीवाइडी सिलको नेपालमा बिक्री सुरू Read Next

बीवाइडी सिलको नेपालमा बिक्री सुरू