लक्ष्मी सनराइज बैंकद्वारा ‘ई-कमर्स अक्वायरिङ’ सेवा सुरू

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा संचालनमा ल्याएको छ ।

नेप्स अन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र भिसाको सहायक संस्था, साइबरसोर्ससंगको सहकार्यमा विकास गरेको हो ।

यस सेवाको संचालनपछि अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीका लागि ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्छ । उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । तसर्थ यो सुविधाले देशको ई–कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराइज बैंकको रहेको छ ।

लक्ष्मी सनराइज बैंकले हाल देशभरका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखा रहित बैंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह Read Previous

स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

आइएमई पे एपमा १ रुपैयाँको खेल, अल्टिमाको नयाँ प्रडक्टमा भुक्तानी गर्दा छुट पाइने Read Next

आइएमई पे एपमा १ रुपैयाँको खेल, अल्टिमाको नयाँ प्रडक्टमा भुक्तानी गर्दा छुट पाइने