माछापुच्छ्रे बैंकको खराब कर्जा झन्डै दोब्बरले बढ्यो, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा २१.४५ प्रतिशतले घटेकोे हो ।

बैंकले पुस मसान्तसम्म ८० करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २२ करोड रुपैयाँ कम हो । बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा घट्नुका साथै खराब कर्जा बढ्दा नाफा प्रभापिवत भएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ११ अर्ब ६२ करोड चुक्ता पूँजी रहेको बैंकको सेयर प्रिमियममा ३ करोड ८ लाख, जगेडा कोषमा ५ अर्ब ४४ करोड संचित छ भने रिटेन्ड अर्निङ २४ करोड ६९ लाख रुपैयाँ ऋणत्मक भएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटोको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.९९ रुपैयाँबाट १३.८६ रुपैयाँमा झरेको छ ।

पुससम्म बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ, बेसरेट ९.७८ प्रतिशत, सीडी रेसियो ८०.६१ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा भने झन्डै दोब्बरले बढेको छ । गत वर्ष १.४१ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर २.६२ प्रतिशत पुगेको छ ।

सुरक्षित बनाइँदै स्वर्गद्वारी जाने सडक, ६ किलोमिटरमा 'स्टिल ब्यारियर' राखिने Read Previous

सुरक्षित बनाइँदै स्वर्गद्वारी जाने सडक, ६ किलोमिटरमा 'स्टिल ब्यारियर' राखिने

अपर तामाकोशीको लिलामीको बोलपत्र कहिले खोलिँदै छ ? Read Next

अपर तामाकोशीको लिलामीको बोलपत्र कहिले खोलिँदै छ ?