निफ्राका सीईओ खतिवडाले दिए राजीनामा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।

२०७७ माघमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका खतिवडाले कार्यकाल १ वर्ष बाँकी रहँदै राजीनामा दिएका हुन् ।

पुस २९ गते बसेको बैंक संचालक समितिको बैठकले १ माघदेखि लागू हुनेगरी खतिवडाको राजीनामा स्वीकृत गरेको छ ।

यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिइएको छ ।

निजी क्षेत्रकै ठूलो हाइड्रो बनाएको साहस ऊर्जाले अब ३४१ मेगावाटको आयोजना बनाउने Read Previous

निजी क्षेत्रकै ठूलो हाइड्रो बनाएको साहस ऊर्जाले अब ३४१ मेगावाटको आयोजना बनाउने

शिवपुरीमा २५ अर्बमा 'विशाल' बाँध बनाइँदै, विद्युत् पनि उत्पादन गरिने Read Next

शिवपुरीमा २५ अर्बमा 'विशाल' बाँध बनाइँदै, विद्युत् पनि उत्पादन गरिने