निजी क्षेत्रकै ठूलो हाइड्रो बनाएको साहस ऊर्जाले अब ३४१ मेगावाटको आयोजना बनाउने

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना सम्पन्न गरेको साहस ऊर्जा लिमिटेडले ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने भएको छ ।

यसअघि ८६ मेगावाटको सोलुदूधकोशी जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले अब ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने भएको हो ।

साहसले उक्त आयोजनाको प्रवद्र्धक कम्पनी ‘टाइम्स इनर्जी प्रालि’ लाई प्राप्ति गरी आफैंले आयोजना निर्माण तथा संचालन गर्ने भएको हो ।

साहस ऊर्जाको आइतबार बसेको सञ्चालक समिति बैठकले टाइम्सलाई इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट निर्माण सम्पन्न गरेको थियो । सो आयोजनाबाट गत माघदेखि व्यवसायिक बिजुली उत्पादन हुँदै आएको छ ।

घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ? Read Previous

घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

निफ्राका सीईओ खतिवडाले दिए राजीनामा Read Next

निफ्राका सीईओ खतिवडाले दिए राजीनामा