घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । घलेम्दी हाइड्रोपावरले ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म चुक्ता पूँजीको २०० प्रतिशत अर्थात् १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्रीम ल्याएको थियो । सोमध्ये अवितरित ३२ लाख १७ हजार ७२४ कित्ता कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो ।

कम्पनीको लिलामी सेयरमा माघ ९ गतेदेखि २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दा«, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

चिया उत्पादन हुन थालेको १६० वर्षपछि अनुसन्धान केन्द्र स्थापना गरिँदै Read Previous

चिया उत्पादन हुन थालेको १६० वर्षपछि अनुसन्धान केन्द्र स्थापना गरिँदै

निजी क्षेत्रकै ठूलो हाइड्रो बनाएको साहस ऊर्जाले अब ३४१ मेगावाटको आयोजना बनाउने Read Next

निजी क्षेत्रकै ठूलो हाइड्रो बनाएको साहस ऊर्जाले अब ३४१ मेगावाटको आयोजना बनाउने