यी ७ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत झन्डै दुईतिहाई कम्पनीले वार्षिक साधरण सभा सम्पन्न गरिसकेका छन् ।

नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार सूचीकृत डेढ सय बढी कम्पनीले पुस मसान्त भित्रै सभा सम्पन्न गरेका हुन् ।

यस वर्ष लाभांश दिने भन्दा नदिने कम्पनी धेरै भएका छन् । गत वर्षको नाफाबाट लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले पारित गरिसकेका छन् भने केहीले बुकक्लोज गरिसकेका छन् ।

तर, ७ कम्पनीले भने अझै साधरण सभा तथा लाभांश प्रयोजनाका लागि बुकक्लोज गरेका छैनन् । अर्थात् ती कम्पनीको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ ।

लाभांश घोषणा गरे पनि हालसम्म रिलायबल लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, साल्ट्र ट्रेडिङ, माउन्टेन इनर्जी, मिर्मिरे लघुवित्त र समता घरेलु लघुवित्तले बुकक्लोज गरेका छैनन् । यीमध्ये हिमालयन एभरेष्टले बुकक्लोज मिति घोषणा गरेको छ भने अरु कम्पनीले बुकक्लोज मितिसमेत तोकेका छैनन् । तसर्थ, अझै यी कम्पनीको सेयर किन्दा प्रस्तावित लाभांश पाइन्छ ।

एनएलजी इन्स्योरेन्सले गत आव २०७९/८० को मुनाफाबाट ५.७८ प्रतिशत (५.५% बोनस र ०.२८% नगद), साल्ट ट्रेडिङले १५.७९ प्रतिशत (१५% बोनस र ०.७९% नगद), रिलायबलले १६.८४ प्रतिशत (१६% बोनस र ०.८४% नगद) र हिमालयन एभरेष्टले १५ प्रतिशत (८.६३% बोनस र ६.३७% नगद) लाभांश घोषणा गरेको छ ।

त्यसैगरी, माउन्टेन इनर्जीले १५.७९ प्रतिशत (१५% बोनस र ०.७८% नगद), मिर्मिरे लघुवित्तले ६.२३ प्रतिशत नगद र समता घरेलु लघुवित्तले ५.७० प्रतिशत (५.४२% बोनस र ०.२८% नगद) लाभांश घोषणा गरेको छ ।

बजेटको अर्धवार्षिक समीक्षा : सरकार साढे ४८ अर्ब घाटामा, पूँजीगत खर्च १६% मात्रै Read Previous

बजेटको अर्धवार्षिक समीक्षा : सरकार साढे ४८ अर्ब घाटामा, पूँजीगत खर्च १६% मात्रै

भारतले समुन्द्र माथि बनायो २२ किलोमिटर लामो पुल Read Next

भारतले समुन्द्र माथि बनायो २२ किलोमिटर लामो पुल