आइएमई इलेक्ट्रीकको डिलर्स मिट सम्पन्न

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आइएमई ग्रुप अन्तर्गतको आइएमई इलेक्ट्रीकले डिलर्स मिट सम्पन्न गरेको छ ।

गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरूको सहभागिता रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश मन्दी समापनको अवस्थामा पुगेको समयमा विश्वकै एक प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आइएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको बताए ।

आइएमई अटोमोबाइल डिभिजनका सीईओ हेमन्त पुराणिकले विगत २५ वर्ष अघिदेखि विभिन्न व्यवसायमा संलग्न आइएमई ग्रुप अब लुब्रिकेन्ट व्यवसायमा समेत प्रवेश गरेको बताए । उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड मोटुलसँग जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे ।
मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्रान्डलाई नेपालमा समेत प्रतिष्ठित बनाउनका लागि आवश्यक कार्य गर्ने उनले बताए ।

मोटुल इन्डियाका मार्केटिङ डाइरेक्टर प्रितम गोश्वामीले रियल सिन्थेटिक ब्रान्ड प्रयोग गर्ने पहिलो कम्पनी मोटुल भएको बताउँदै ‘युवाहरूको ब्रान्ड’ को पहिचान बनाएको मोटुलको विभिन्न विशेषता वारेमा जानकारी प्रदान गरे ।

आइएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरहरूसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा विभिन्न डिलरहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने नयाँ उत्पादन र स्कीम समेत सार्वजनिक गरिएको थियो । स्कीममा राम्रो प्रतिक्रिया दिँदै डिलरहरूहरूले ठूलो मात्रमा अर्डर गरेका थिए ।

भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका १७५ भन्दा बढी देशमा बिक्री–वितरण भइरहेको छ । टु–ह्वीलर, फोर–ह्वीलर,ट्रक, बस, ट्रयाक्टरदेखि हेभी ड्युटी कमर्सियल भेइकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सबै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आइएमई इलेक्ट्रीकको भनाइ छ ।

सिन्थेटिक लुब्रिकेन्टका लागि आवश्यक एस्टर कोर टेक्नोलोजी मोटुलसँग मात्र छ । एस्टर कोर टेक्नोलोजीका कारण लामो समय सम्म इन्जिन प्रयोग भइरहेमा पनि समस्या आउँदैन । मोटुल ब्रान्डलाई युवाहरूसँग जोडिएको ब्रान्ड पनि भनिन्छ । यसै अनुसार विभिन्न इभेन्ट, रेसिङ आदिमा समेत मोटुलको लगानी रहेको पाइन्छ ।

लक्ष्मी सनराइज बैंकको लाभांश पारित Read Previous

लक्ष्मी सनराइज बैंकको लाभांश पारित

आजदेखि स्वास्थ्य बीमामा सहभुक्तानी लागू, बीमितले १० प्रतिशत रकम तिर्नुपर्ने Read Next

आजदेखि स्वास्थ्य बीमामा सहभुक्तानी लागू, बीमितले १० प्रतिशत रकम तिर्नुपर्ने