लक्ष्मी सनराइज बैंकको लाभांश पारित

काठमाडौं। लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित भएको छ ।

आइतबार सम्पन्न बैंकको को २३औं साधारण सभाले गत वर्षको नाफाबाट घोषणा गरेको ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको हो ।

यसैगरी, साधरण सभाले ४ जना संचालक समिति सदस्य निर्वाचित गरेको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याल तथा संस्थापक सेयरधनीका तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराईलाई बैंकको संचालक चयन गरेको हो ।

नवनियुक्त सञ्‍चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्‍चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको बैंकले छ ।

फस्टाउँदै चीन र रूस बीचको व्यापार, एक वर्षमा २४० अर्ब डलरको कारोबार Read Previous

फस्टाउँदै चीन र रूस बीचको व्यापार, एक वर्षमा २४० अर्ब डलरको कारोबार

आइएमई इलेक्ट्रीकको डिलर्स मिट सम्पन्न Read Next

आइएमई इलेक्ट्रीकको डिलर्स मिट सम्पन्न