काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा नक्कली ह्वाट्स एप अकाउन्ट खोलेर दुरुपयोग गरेको पाइएको छ ।
गभर्नर अधिकारीको नाम र फोटो प्रयोग गरेर ह्वाट्स एप अकाउन्ट खोली विभिन्न व्यक्तिहरूसँग कुराकानी गरिएको पाइएको हो ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सो फेक आइडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ ।
‘यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ,’ राष्ट्र बैंकले भनेको छ ।