बिगमार्टको विन्टर अफर, सामान किन्दा टियागो कार जित्ने अवसर

काठमाडौं । बिगमार्टले ‘विन्टर अफर’ ल्याएको छ । जाडो मौसमलाई मध्येनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो ।

यो योजना अन्तर्गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरुको व्यवस्था गरिएको छ ।

बम्पर पुरस्कार अन्तर्गत एकजना ग्राहकलाई एउटा टाटा टियागो कार प्रदान गरिनेछ। त्यस्तै, एकजना ग्राहकले एउटा यामाहा रे–जी स्कुटर जित्न सक्नेछन्।

यो योजना अवधिमा सामान खरिद गर्ने पाँचजना ग्राहकले भने ५ वटा स्मार्टफोन प्राप्त गर्न सक्नेछन्। १० जना ग्राहकले भने ५ हजार रुपैयाँ बराबरको किनमेल भौचर प्राप्त गर्न सक्नेछन्।

यो उपहार उत्सवमा ग्लोबल आइएमएई बैंकको क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रुपैयाँसम्म) छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। यस्तै, एनसीएचएल नेपाल पेको क्युआरबाट भुक्तानी गर्दा पनि १० प्रतिशत (१०० रुपैयाँ सम्म) छुट पाइनेछ।

कम्पनीका अनुसार हरेक शनिबार र बुधबार फलफूल तथा तरकारीको खरीदमा स्मार्ट क्यूआरमार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशत (१५० रुपैयाँसम्म) छुट प्राप्त गर्न सकिनेछ।

योजना अवधिभर ७५० रुपैयाँ वा सो भन्दा बढीको सामान बिगमार्टबाट खरिद गरेकाहरुले पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ।

सन् २००८ मा स्थापना भएर २००९ देखि संचालनमा रहेको बिगमार्ट को हाल देशभर ८१ वटा स्टोर संचालनमा छन्।

कर्जाको ब्याजदर एकल अंकमा कायम गर्न व्यवसायीकाे माग Read Previous

कर्जाको ब्याजदर एकल अंकमा कायम गर्न व्यवसायीकाे माग

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?