विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउन ५५ अर्ब लाग्ने, बोर्डमा बुझायो डीपीआर

काठमाडौं । विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माण गर्न आधा खर्ब बढी लाग्ने भएको छ ।

मुक्तिनाथ दर्शन प्रालिले बुधबार लगानी बोर्डलाई बुझाएको नयाँ (अपडेटेड) विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार कुल लागत ५५ अर्ब १८ करोड रुपैयाँ रहेको हो ।

यस अनुसार आयोजनाको प्रतिकिलोमिटर लागत करिब ६९ करोड रुपैयाँ लाग्ने भएको छ । ५ वर्ष अघि बोर्ड र कम्पनी बीच भएको केबलकार निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्र अनुसार केलबलकारको अनुमानित लागत ३९ अर्ब २० करोड रुपैयाँ थियो ।

कास्कीको सेराबेँसीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिर (रानीपौवा)सम्म निर्माण हुने उक्त केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर रहेको छ । केबलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा हुँदै मुक्तिनाथ पुग्नेछ ।

कम्पनीले बुधबार नै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) पनि बोर्डमा बुझाएको छ । डीपीआर र ईआइए प्रतिवेदन बुझाएसँगै अब आयोजनाको लगानी सम्झौता (पीआइए) गर्ने बाटो खुलेको छ ।

मुक्तिनाथ केबलकार इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडेलमा निर्माण हुनेछ । जसमा भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेडले लगानीसँगै निर्माण पनि गर्ने प्रारम्भिक सम्झौता भइसकेको छ ।

मुक्तिनाथ दर्शन प्रालिका अनुसार शिलान्यास गरिएको ४ वर्षमा केबलकार निर्माण सम्पन्न हुनेछ । आयोजनाको लागि आवश्यक जग्गा खरिद प्रक्रिया अघि बढिसकेको छ । चाँडै सम्झौता जरी निर्माण थालिने कम्पनीले जनाएको छ ।

डीपीआर अनुसार केबलकारमा कुल १९ वटा स्टेशन हुनेछन् । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने कम्पनीको योजना छ । ११ वटा स्टेशनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ भने ८ स्टेशनमा अनिवार्य ओर्लिनुपर्ने छ । ५ स्टेशनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने व्यवस्था गरिने छ ।

केबलकारमा ७७६ वटा गोन्डोला राख्ने प्रस्ताव गरिएको छ । उक्त केलबार निर्माणपछि वार्षिक ३६ लाखले यात्र गर्ने कम्पनीको अनुमान

 

सरकारी कम्पनीले पाएन धान, लक्ष्यको २० प्रतिशत मात्रै किन्यो  Read Previous

सरकारी कम्पनीले पाएन धान, लक्ष्यको २० प्रतिशत मात्रै किन्यो 

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?