एनआइसी एशिया बैंकले फेरि घटायो ब्याजदर, अधिकतम ८ प्रतिशतसम्म दिने

काठमाडौं । एनआइसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले मंसिरदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएको छ । एनआइसीले माघका लागि व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ६.२५ प्रतिशतदेखि अधिकतम ८.०६५ प्रतिशत ब्याजदर तोककेको छ ।

यो पुसको तुलनामा ०.६०५ प्रतिशत विन्दुले कम हो । बैंकले पुसमा व्यक्तिगत मुद्दतीमा अधिकतम ८.६७ प्रतिशत ब्याज दिएको थियो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार माघमा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको ब्याजदर ६.२५ प्रतिशत, ६ देखि ९ महिनासम्म ६.७५ प्रतिशत, ९ महिनादेखि १ वर्षसम्मको ७ प्रतिशत, १ वर्षका लागि ७.२५ प्रतिशत, १२ देखि १८ महिना ७.५० प्रतिशत, १८ देखि २४ महिनाका लागि ७.७५ प्रतिशत र २४ महिनादेखि १८० महिनासम्मको ८.०६५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी, संस्थागततर्फ न्यूनतम ४.७५ प्रतिशतदेखि ६.०५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा ६ देखि ९ महिनासम्मको न्यूनतम ४.७५ प्रतिशत र २४ देखि १८० महिनासम्मको अधिकतम ६.०६५ प्रतिशत ब्याजदर दिने भएको छ ।

बैंकले पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ६.६७ प्रतिशत ब्याज दिइरहेको छ ।

मंसिर मसान्तसम्म बैंकको बेसरेट १०.३९ प्रतिशत रहेको छ । बैंकले बेसरेटमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिने जनाएको छ ।

 

सर्वोत्तम सिमेन्टको आइपीओ खुल्यो, कम्तीमा ५० कित्ता भर्नुपर्ने Read Previous

सर्वोत्तम सिमेन्टको आइपीओ खुल्यो, कम्तीमा ५० कित्ता भर्नुपर्ने

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात Read Next

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात