धरानमा औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग

सांकेतिक तस्वीर

धरान । धरानका व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रको विकास गरी औद्योगिक ग्राम निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभामा सोमबार ९ बुँदे धारणा सार्वजनिक गर्दै व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रलाई जग्गा उपलब्ध गराउन र औद्योगिक ग्राम निर्माणको माग गरेका हुन् ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठले सार्वजनिक गरेको धारणापत्रमा धरानमा प्रदर्शनीस्थल निर्माण, सुरुङमार्ग, निर्माणाधीन अवस्थामा रहेको तमोर करिडोरमार्ग र मदन भण्डारी राजमार्गको निर्माण प्राथमिकतामा राख्न पनि माग गरिएको छ ।

त्यसैगरी, धरानस्थित कृषि उपज बजारलाई आधुनिकीकरण गरी उत्पादनमूलक बनाउन माग गरिएको छ । साथै विष्णुपादुका–वराहक्षेत्र–पाँचकन्या–रामधुनी क्षेत्रलाई जोड्ने र सम्पर्क स्थापित गर्ने ‘लिङ्क रोड’का रुपमा धार्मिक पर्यटकीय मार्गको विकासका लागि आवश्यक सहयोग गर्न पनि माग गरिएको छ ।

अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रको नीति तर्जुमामा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको धारणा राखे । उनले भने, ‘साना तथा मझौला उद्योगको संरक्षण र विकासका कार्यक्रम ल्याउन, महिला उद्यमीलाई प्रोत्साहन एवं क्षमता अभिवृद्धि गर्न सकिने कार्यक्रम सञ्चालन गर्न पनि सरकारसँग आग्रह गर्दछौँ ।’

कोशी प्रदेशका प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले निजी क्षेत्रसँगको सामूहिक प्रयासमा मात्र देशको आर्थिक विकास हुने बताए । उनले धरानको विकासमा काम भइरहेको जस्तो देखिए पनि परिणाम भने नदेखिएको बताए ।

विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सेयर बेच्दै, प्रतिकित्ता मूल्य कति ? Read Previous

विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सेयर बेच्दै, प्रतिकित्ता मूल्य कति ?

पासाङल्हामु राजमार्गको १ वर्ष भित्रै ठेक्का लगाइने, १.३३ अर्ब बजेट स्रोत सुनिश्चित Read Next

पासाङल्हामु राजमार्गको १ वर्ष भित्रै ठेक्का लगाइने, १.३३ अर्ब बजेट स्रोत सुनिश्चित