विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सेयर बेच्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ ।

कम्पनीको विद्यमान संस्थापक सेयरधनी विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १५ लाख कित्ता सेयर लिलामी मार्फत बेच्न लागेको हो ।

कम्पनीको प्रमोटर सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अघिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापकले ३५ दिन (माघ २९ गते)भित्र एनआइसी एशिया क्यापिटलमा काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न किस्ता सुविधा, ३० दिन भित्र आवेदन दिनुपर्ने Read Previous

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न किस्ता सुविधा, ३० दिन भित्र आवेदन दिनुपर्ने

धरानमा औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग Read Next

धरानमा औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग