काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै हुलास स्टीलको विद्युत् लाइन काटेको छ ।
प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित उक्त उद्योगको लाइन सोमबार बिहान काटेको हो ।
प्राधिकरणका अनुसार उद्योगको नाममा मंसिरसम्म ४२ करोड २४ लाख रुपैयाँ महशुल बक्यौता रहेको छ ।
प्राधिकरणले पुस ७ गतेदेखि ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योगको धमाधम लाइन् काट्न थालेको थियो । प्राधिकरणले यसअघि २४ उद्योगको लाइन काटिकेको छ ।
तीमध्ये हिमाल स्टीलले किस्ताबन्दीमा बक्यौता तिर्ने बताएपछि र पहिलो किस्ता बापतको रकम बुझाएपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।