‘१०% सिटिजन्स बैंक डिबेञ्चर २०९०’ नेप्सेमा सूचीकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गरेको ‘१०% सिटिजन्स बैंक डिबेञ्चर २०९०’ नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

सोमबार बैंकको ३० लाख कित्ता डिबेञ्चर सूचीकृत भएको हो । प्रतिकित्ता अंकित मूल्य १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेञ्चर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै भोलिदेखि बैंकको डिबेञ्चर दोस्रो बजारमा कारोबारमा आउने छ । आजै नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको थियो ।

हाल सिटिजन्स बैंकले देशभरका १९० वटा शाखा, १५१ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

 

सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरू Read Previous

सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरू

विद्युत् प्राधिकरणले काट्यो हुलास स्टीलको बिजुली Read Next

विद्युत् प्राधिकरणले काट्यो हुलास स्टीलको बिजुली