नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद सेयर बिक्रीको अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई १:१ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

बैंकले हकप्रद निष्काशनको अनुमति माग्दै आवेदन दिएको १६ महिनापछि अनुमति पाएको हो । बैंकले बोर्डमा २०७९ भदौ ९ गते आवेदन दिएको थियो ।

बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

जीवन बीमा व्यवसायमा सुधार, ५ महिनामा ६२ अर्ब प्रिमियम संकलन, कुनले कति ? Read Previous

जीवन बीमा व्यवसायमा सुधार, ५ महिनामा ६२ अर्ब प्रिमियम संकलन, कुनले कति ?

उडानका क्रममा विमानको झ्याल फुटेपछि बोइङका १७१ जहाज ग्राउन्डेड Read Next

उडानका क्रममा विमानको झ्याल फुटेपछि बोइङका १७१ जहाज ग्राउन्डेड