होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न कानुनमन्त्रीसमक्ष माग गरेको छ ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको हो ।

होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिएको भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न माग गरिएको समितिका संयोजक देशबन्धु बस्नेतले जानकारी दिए।

कानूनमन्त्री गुरुङले विदेशी पर्यटक भित्राउने तारेहोटललाई उच्च प्राथमिकता साथ उद्योगको रुपमा समावेश गर्न आफूले प्रयास गर्ने बताए । उनले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफू सकारात्मक रहेको बताएका थिए ।

दुई हाइड्रोपावरले पाए हकप्रद सेयर बिक्रीको अनुमति Read Previous

दुई हाइड्रोपावरले पाए हकप्रद सेयर बिक्रीको अनुमति

२२ महिनामा बोर्ड अध्यक्ष हमालका २ दर्जन काम, बुक बिल्डिङदेखि ब्रोकर लाइसेन्ससम्म (सूचीसहित) Read Next

२२ महिनामा बोर्ड अध्यक्ष हमालका २ दर्जन काम, बुक बिल्डिङदेखि ब्रोकर लाइसेन्ससम्म (सूचीसहित)