२२ महिनामा बोर्ड अध्यक्ष हमालका २ दर्जन काम, बुक बिल्डिङदेखि ब्रोकर लाइसेन्ससम्म (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमाल आज (पुस २० गते)देखि बिदा हुँदै छन् । २०७८ फागुनदेखि बोर्ड अध्यक्षमा नियुक्त भएका हमाल आफ्नो २२ महिने कार्यकाल सकेर शुक्रबार बिदा भएका हुन् ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि सरकारले बाँकी कार्यकालका लागि हमाललाई नियुक्त गरेको थियो ।

हमाल बोर्डको नेतृत्वमा रहँदा विवादित बने पनि पूँजी बजारको विकास र विस्तारका लागि उनले दुई झन्डै दुई दर्जन महत्वपूर्ण काम गरेका छन् ।

हमालको कार्यकालमा भएका महत्वपूर्ण कामहरूमा नेपाली सेयर बजारको इतिहासमै पहिलो पटक बुक बिल्डिङबाट सेयर जारी गर्ने, नयाँ ब्रोकर लाइसेन्स वितरण, सी-आस्वा शुल्क घटाउने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओमा आरक्षण, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया लगायत रहेका छन् ।

त्यस्तै, उनले सार्वजनिक गरेको कार्य विवरण अनुसार मर्जरपछि सेयर कारोबार बन्दहुने व्यवस्थामा परिवर्तन, म्युचुअल फण्डलाई आइपीओमा ६ महिनाको लकिङ, स्टार्टअप र साना तथा मझौला व्यवसायीलाई सहयोग गर्न ३१ अर्ब रुपैयाँ बराबरको प्राइभेट इक्युटीरभेञ्चर क्याटिल कोष खडा लगायत रहेका छन् ।

यस्ता छन् हमालले आफ्नो कार्यकालमा गरेका कामहरू

 

होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन माग Read Previous

होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन माग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार Read Next

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार