सानिमा बैंकको डेबिट कार्ड लिँदा २४ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत डोमेस्टिक डेबिट कार्डका लागि आवेदन दिने ग्राहकले जारी शुल्कमा २४ प्रतिशत छुट प्राप्त पाउने छन् ।

यो योजना पुस २२ गतेदेखि माघ ११ गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।

यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरूमा आकर्षक छुटको व्यवस्था मिलाएको छ ।

 

एनआइसी एशिया बैंकले बनाइदियो पुस्तकालय भवन Read Previous

एनआइसी एशिया बैंकले बनाइदियो पुस्तकालय भवन

२० करोडका योजनामा भारतले एक्लैले निर्णय गर्दैन, नेपालको पनि साझेदारी रहन्छ : प्रधानमन्त्री Read Next

२० करोडका योजनामा भारतले एक्लैले निर्णय गर्दैन, नेपालको पनि साझेदारी रहन्छ : प्रधानमन्त्री