एनआइसी एशिया बैंकले बनाइदियो पुस्तकालय भवन

काठमाडौं । एनआइसी एशिया बैंकले सुदूरपश्चिम प्रदेश, कैलालीको जोशीपुर गाउँपालिका-१, अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा पुस्तकालय भवन निर्माण गरिदिएको हो । बैंकले देशका सातै प्रदेशमा विद्यालय छनोट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्य राखेको छ । सो अनुसार सुदूरपश्चिम प्रदेशमा यस बैंकले विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हो ।

नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

उक्त पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी र जोशीपुर शाखा प्रबन्धक उजिर सिंह भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यस भवन निर्माणपछि विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरी त्यहाँबाट विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा सहज पहुँच भई विद्यार्थीहरुको शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । बैंकले देशभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

नेपालले १० हजार मेगावाट बिजुली बेचेर वार्षिक कति कमाउन सक्छ ? Read Previous

नेपालले १० हजार मेगावाट बिजुली बेचेर वार्षिक कति कमाउन सक्छ ?

सानिमा बैंकको डेबिट कार्ड लिँदा २४ प्रतिशतसम्म छुट पाइने Read Next

सानिमा बैंकको डेबिट कार्ड लिँदा २४ प्रतिशतसम्म छुट पाइने