विदूषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

काठमाडौं । किरण सुज (गोल्डस्टार सुज)की कार्यकारी निर्देशक विदूषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छिन् ।

दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिँदै रिपब्लिक अफ आइसल्याण्ड सरकारले राणालाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरे ।

अवैतनिक वाणिज्यदूतको हैसियतमा विदूषी राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्डबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिने प्रयास गर्नेछन्।

उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । राणाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिने विश्वास गरिएको छ ।

साथै उनको नियुक्तिसँगै दुई देशबीचको आपसी सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरूको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौंका पेट्रोल पम्पले डेढ महिनाभित्र शौचालय सञ्चालनमा ल्याउनुपर्ने Read Previous

काठमाडौंका पेट्रोल पम्पले डेढ महिनाभित्र शौचालय सञ्चालनमा ल्याउनुपर्ने

ग्लोबल आइएमई बैंकद्धारा लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन Read Next

ग्लोबल आइएमई बैंकद्धारा लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन