एकैपटक ७२ ठाउँको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक (सूचीसहित)

काठमाडौं । एनआइसी एशिया बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा (गैर बैंकिङ सम्पत्ति) बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै २० जिल्लाको विभिन्न ७२ स्थानमा रहेको घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।

बैंकले विभिन्न समयमा ऋणीको धितो लिलाम हुन नसकेर आफूले सकारेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका घरजग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्न लागेको हो ।

बैंकले काठमाडौं उपत्यकासहित चितवन, झापा, मोरङ, सुनसरी, कास्की, सिरहा, बाँके, रुपन्देही, बारा, पर्वत, पर्सा, सुर्खेत, बर्दिया लगायत स्थानको घरजग्गा बेच्ने भएको हो ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले आजको ७ दिन भित्र गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

ऋणीले समयमै कर्जा तिर्न नसकेपछि धितो राखिएको सम्पत्ति बैंकहरुले लिलामी गर्नुपर्ने हुन्छ । उक्त लिलामी बिक्री नभएमा बैंकले आफैंले सकार्न पाउँछन् । तर, धितो सकार्दा बैंकहरूले बढीमा १५० रोपनी जग्गा मात्र आफ्नो नाममा राख्न पाउँछन् । सीमाभन्दा बढी भएपछि बैंकहरूले त्यस्तो सम्पत्ति बेच्ने गरेका छन् ।

मुस्ताङ घुम्न जाने विदेशी बढे, एक वर्षमा ९० हजार पुगे Read Previous

मुस्ताङ घुम्न जाने विदेशी बढे, एक वर्षमा ९० हजार पुगे

रित्तिँदै गाउँ, भरिँदै सहर Read Next

रित्तिँदै गाउँ, भरिँदै सहर